Information is intelligence
HomeHealthनर्भिकको हेल्थ प्याकेज सार्वजनिक

नर्भिकको हेल्थ प्याकेज सार्वजनिक

- Advertisement -spot_img

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले तीज र औंसी (बुबाको मुख हेर्ने दिन)लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।

तीजको अवसरमा सार्वजनिक गरेको हेल्थ प्याकेज भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको अस्पतालले जनाएको छ । तीज प्याकेज अन्तर्गत एउटा बेसिक, ब्रेस्टको यूएसजी सहितको प्याकेज र मेमोग्रामसहितको प्याकेज रहेको अस्पतालले जनाएको छ । बेसिक प्याकेजमा विशेष सहुलियत सहित ६ हजार ६६६ कायम गरिएको अस्पतालले जनाएको छ ।

यस्तै, ब्रेस्टको यूएसजी सहितको प्याकेज भने १० हजार पर्ने भएपनि तीजको अवसरमा ७ हजार ७७७ कायम गरिएको अस्पतालले जनाएको छ ।

यसैगरी, मेमोग्रामसहितको प्याकेज १३ हजार ४ सय तोकिएकोमा तीजको अवसरमा मात्र ९ हजार ९९९ कायम गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यी प्याकेजहरु भदौ २७ गतेसम्म लिन सकिने छ ।

बेसिक तीज प्याकेज अन्तर्गत सुगर रेन्डम, यूरिक एसीड, लिपिड प्रोफाइल, यूरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, इसीजी, अल्ट्रासाउन्ड, यूरिन रुटिन लगायतका जाँच पर्नेछन् । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ ।

यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा पारेर पनि प्याकेजको घोषणा गरेको छ । अरु बेला ८ हजार ६५० पर्ने प्याकेजलाई औंसीको अवसर पारेर ६ हजार ५ सय कायम गरिएको अस्पतालले जनाएको छ । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहने अस्पतालले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु