Information is intelligence
HomePoliticsमाओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

- Advertisement -spot_img

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । दिउँसो १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने एजेण्डा छ ।

सोमबार बिहान सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् ।बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने प्रमुख एजेण्डा राखिएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

अहिलेसम्म कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषय नै टुंगो लागिसकेको छैन । स्थायी समिति सदस्य हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा सहभागी गराउने विषयमा नेताहरुबीच छलफल भइरहेको स्रोतले बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु