Information is intelligence
HomeSportsनेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको 'किक अफ' समय तय, दर्शक प्रवेश गर्न...

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको ‘किक अफ’ समय तय, दर्शक प्रवेश गर्न पाउने कि नपाउने ?

- Advertisement -spot_img

नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण फुटबल खेलको ‘किक अफ’ समय तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीचको दुबै खेल अपरान्ह ५:३० मा सुरु हुने जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र भारतबीचको खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ। 

मैत्रीपूर्ण खेलमा दर्शक प्रवेशबारे भने केहि निर्णय भएको छैन। एन्फाले खेल दर्शकरहित गर्ने अथवा दर्शकलाई प्रवेश गर्न दिने भन्ने विषयमा छलफल चलिरहेको बताएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले छलफल चलेको र त्यसको निर्णय मंगलबार आउने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु