Information is intelligence
HomePoliticsवर्तमान सरकारलाई सुरुवातमै कुपोषण लाग्यो : महेश बस्नेत

वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लाग्यो : महेश बस्नेत

- Advertisement -spot_img

नेकपा (एमाले)का नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारबाहीको सिफारिस गरेकोमा सभामुखले बिभिन्न जाल झेल गरेर कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् ।

बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले बिगतको गुरिल्ला शैलीमा झैँ छुट्टै सरकार र संसद झल्को दिने गरी एमालेको १४ सांसदलाई कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका हुन् ।

सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको समेत आरोप लगाए ।

वर्तमान सरकारमा सामेल दलहरुले संबिधान भन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बस्नेतले बताए ।

वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरि मितब्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम बिकल्प रहेको बस्नेतको भनाइ छ ।

उनले संविधानको मिचेर अ‍नेका खालका अध्यादेश ल्याएर निर्वाचनलाई पछि धकेल्दै संसदमा सांसदबीच फोहोरी खेल खेल्दै एमालेलाई कम्जोर बनाउँने सपना नदेख्न र निर्वाचनमा उत्रन समेत आह्वान गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु