Information is intelligence
HomeOffersकुशे औँशी र तीजलाई लक्षित गरि ग्लाेबल आइएमई बैंकको विशेष अफर

कुशे औँशी र तीजलाई लक्षित गरि ग्लाेबल आइएमई बैंकको विशेष अफर

- Advertisement -spot_img

ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँशी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरि विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डकोप्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यस क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औँशीको दिन २२ गतेबुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टू फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ३०० सम्म) क्यासब्याक पाइनेछ । यसैगरि भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट–क्रेडिट कार्डकोप्रयोग गरि अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ ।

क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आइएमई बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गर ३ सय रुपैयाँ सो भन्दा बढीको भुक्तानीमा ३ सय रुपैयाँ क्यासब्याक फिर्ता पाउनुहुनेछ । महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गते सम्म चल्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरि बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स पठाउने व्यवस्था पनि गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु