Information is intelligence
HomeBusinessनेपालमै पहिलो पटक धार्मिक तथा पुजा सामग्री एकै ठाँउमा पाइने, यसरी किन्न...

नेपालमै पहिलो पटक धार्मिक तथा पुजा सामग्री एकै ठाँउमा पाइने, यसरी किन्न सकिन्छ

- Advertisement -spot_img

नेपालमै पहिलो पटक धार्मिक तथा पुजा सामग्री एकै ठाँउमा पाइने भएको छ ।

धार्मिक ई–कमर्श प्लेटफर्म मार्फत गुरुमञ्जरी समूहले शुक्रबार सेवा सुरु गरेको हो ।

स्वदेश तथा विदेशमा जहाँतहीँ धार्मिक,सांस्कृतिक तथा रितिरिवाजमा चाहिने पुजा र धार्मिक सामग्री सुलभ तरिकाले उपलव्ध होस् भन्ने उदेश्यले यो काम सुरु गरेको गुरुमञ्जरी समूहले जनाएको छ ।

सो समुहले विदेशमा समेत सेवा दिनेगरी शुक्रबारबाट सेवा सुरु गरेको हो।

गुरुमञ्जरी समूहले विशेषगरी विभिन्न साईजका नेपाली कलात्मक घरमा राख्ने मन्दिर,तुलसीको मठ (महिरो),विवाह,व्रतबन्ध,क्रियाकर्म,नामाकरण (न्वारान),घरपूजा, शिलान्यास,नवग्रह,जन्मोत्सव,सत्यनारायण पूजा,श्राद्द सामग्री,सम्पूर्ण पूजाभाडा सेट,चाडपर्व विषेश सामग्रीहरु उपलव्ध गराउने जनाएको छ।

सबै सामान e-commerce website, देशका नेपाली सुपरमार्केटहरु तथा नेपालीका ग्रोसरी सपहरुमा अब यी सामाग्री सजिलै पाउन सकिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु