Information is intelligence
HomeNewsअर्का पत्रकारले सुरु गरे हिन्दुराष्ट्र एजेण्डा बोकेको पार्टी, मनिषा कोइराला पनि सहभागी...

अर्का पत्रकारले सुरु गरे हिन्दुराष्ट्र एजेण्डा बोकेको पार्टी, मनिषा कोइराला पनि सहभागी हुने

- Advertisement -spot_img

काठमाडौं । पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ राजनीति पार्टी घोषणा गरेका छन् ।  हिन्दू धर्म सापेक्ष मुलुक बनाउनुपर्ने मूल एजेन्डासहित एकीकृत शक्ति नेपाल नामको नयाँ संगठन घोषणा भएका हुन । हाल ३५ जनाको केन्द्रीय कमिटि रहेको र केहि समयपछि यो संगठन पार्टीमा रुपान्तरित हुने यस संगठनका संयोजक तथा अध्यक्ष त्रिपाठीले बताए । उनले भने, यो देशव्यापी संगठन बनाउने र राजनीतिक दलको रुप दिने गरि संरचना बनाएका छौं ।’

उनले भने, ‘काइराला परिवारसँग जोडिएकी विपी कोइरालाकी नातिनी प्रकाश कोइरालाको छोरी अभिनेत्री मनिषा कोइरालाले राजनीतिकमा आउने भएकी छिन ।’ घोषणा सभामा भने मनिषा कोइराला उपस्थित थिइनन्। उनी चलचित्र सुटिङका लागि भारत गएकी हुनाले घोषणा सभामा उपस्थिति नभएको हो तर हाम्रो संगठनमा आउने पक्का भएको छ अध्यक्ष त्रिपाठीले भने ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु