Information is intelligence
HomeShare Bazarआइपिओ लोकप्रियता विच ५ अर्ब ६१ करोडको ४ करोड ९४ लाख कित्ता...

आइपिओ लोकप्रियता विच ५ अर्ब ६१ करोडको ४ करोड ९४ लाख कित्ता आइपिओ पाइपलाइनमा

- Advertisement -spot_img

पछिल्लो समय सेयर बजारमा जनमानसको आकर्षण बढ्दो छ त्यसमा पनि आइपिओ भर्ने माहोल बनेको छ। भाग्यमा भए आइपिओ परिहाल्यो नत्र पैसा खेर नजाने, परिसके पछि १००० रुपैयाँ लगानी गर्दा ५०-६० हजार सम्म नाफा दिनसक्ने अवसर बुझेर त कतै लहलहै मै सहि आइपिओको लोकप्रियता बढ्दो छ।

त्यस्तै लगानीकर्ता तिर संख्यात्मक लोकप्रियता वृद्धिको आंकडा बुझेर थुप्रै कम्पनिहरु आफुलाइ आइपिओ जारि गर्न सक्ने बनाउन तत्पर छन् भने पब्लिकजान योग्य कम्पनि यति खेर आवेदन दिने र स्वीकृति पर्खने दौडमा छन्।

अहिले करिव ५ अर्ब ६१ करोडको ४ करोड ९४ लाख १६ हजार कित्ता सेयर आइपिओ पाइपलाइनमा छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार ७ वटा हाइड्रोपावर कम्पनी तथा केही वित्तीय संस्था र केही अन्यको आइपीओ आउनेक्रममा छ । जस अनुसार सयपत्री हाइड्रोपावर, अपर सोलु हाइड्रोपावर, दोर्दी खोला हाइड्रोपावर, अपर हेवा खोला हाइड्रोपावर, मोलुुङ हाइड्रोपावर, रिभर फल्स हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, निस्डो समृद्ध लघुुवित्त, जल्पा सामुुदायिक लघुुवित्त, उपकार लघुुवित्त, रिलायबल लाइफ इस्योरेन्सको आइपीओ लाइनमा छन् । त्यस्तै डिस मिडिया नेटवर्क र आइएमई लाइफ इस्योरेन्स छन् । विन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट, हिमालयन हाइड्रो, बलेफी हाइड्रोपावर, ग्रिनभेन्जर हाइड्रो कम्पनीको पनि आइपीओ आउँदै छ ।

हाल यी कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु