Information is intelligence
HomeCulture & Religionपाल्पा ऐतिहासिक भगवती जात्रा क्षमापूजा गरी मनाइयो, यस्तो छ जात्रा पछाडीको रोचक...

पाल्पा ऐतिहासिक भगवती जात्रा क्षमापूजा गरी मनाइयो, यस्तो छ जात्रा पछाडीको रोचक इतिहास

- Advertisement -spot_img

पाल्पाकाे तानसेनमा मनाइने श्री रण उजिरेश्वरी भगवती जात्रा कोरोना सङ्क्रमणको कारण क्षमापूजा गरी मनाइँदै छ ।

अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा मनाइँदै आएकाे ऐतिहासिक भगवती जात्रा याे वर्ष क्षमापूजा गरी मनाउन लागिएकाे हाे। 

नेपाली सेना, गुठियार, व्यवस्थापन समिति तथा सरकारी प्रतिनिधिले सामाजिक दूरी कायम गरेर मन्दिर परिसरमै रथ  घुमाएर जात्रा सम्पन्न गर्ने तयारी गरेकाे छ ।

यसअघि जात्राको अघिल्लो दिन रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा पाठ गरेर भगवतीको मूर्ति रथमा राखेर सिन्दूरजात्रा गर्दै बजार परिक्रमा गराउने चलन थियो । 

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आइएको हो ।  

अङ्ग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाइँमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने  भाकल गरेको र विजय पश्चात जात्रा मनाउन सुरु गरिएकाे इतिहासमा उल्लेख छ ।

पाँच वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार ठाउँमा नेपालले हार बेहोर्नु परे पनि जितगढीको लडाइँमा अङ्ग्रेज फौजलाई नेपाली फौजले हराएको थियो ।

त्यसैको सम्झनामा विसं १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले दिनुभयो। नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको श्रीरण उजिरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै आएका छन् । 

आज पाल्पामा स्थानीय रुपमा सार्वजनिक बिदा दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img
Sourceujyalo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु