Information is intelligence
HomeEducationगोकर्णेश्वरका विद्यालयहरू भौतिक रुपमा सञ्चालन (भिडियो रिपोर्ट)

गोकर्णेश्वरका विद्यालयहरू भौतिक रुपमा सञ्चालन (भिडियो रिपोर्ट)

- Advertisement -spot_img

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू भौतिक रुपमा सञ्चालन गरेको छ ।

भदौ ११ गते सरोकारवालासँग गरेको छलफल र भदौ १३ गते बसेको बैठकको निर्णयबमोजिम आज (मंगलबार)बाट आफ्नो नगरपालिका क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू भौतिक रुपमै संचालन गरेको हो ।

नगरपालिकाले भदौ १३ गते सूचना प्रकाशित गरी विद्यालय खोल्न निर्देशन दिएको थियो ।

गोकर्णेश्वर नगरपालकाले नेपालमा रहेका ७५३ पालिकामध्ये सबैभन्दा पहिला विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय संचालन गर्ने निर्णय गरेको हो । नगरपालिकाले सीसीएमसी र जिल्ला प्रशासन कार्यालयको सूचनाविपरीत कक्षा सञ्चालन गरेको हो ।

देशसंचारद्वारा तयार रिपोर्ट

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु