Information is intelligence
HomeShare Bazarमैलुङ खोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रार नियुक्त

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रार नियुक्त

- Advertisement -spot_img

 मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले भदौ ११ गतेदेखि लागू हुने गरी बिओके क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य बिओक क्यापिटलले गर्नेछ । 

कम्पनीले  साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियाे ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

गाेलाप्रथाबाट गरिएकाे बाँडफाँड सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेका थिए । यस्तै, १० कित्ता भन्दा बढीका लागि आवेदन दिने आवेदकहरुमध्येबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि र अधिकतम २८७ रुपैयाँ २५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ७५ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २८७ रुपैयाँ २५ पैसा हुन्छ । 

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०५९ साउन ७ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएर २०७१ भदौ ६ गते पब्लिक कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आइरहेको कम्पनी हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ७२ पैसा र प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८५ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु