Information is intelligence
HomeEntertainment & Arts‘लाइफ इन एलए’ को गीत सार्वजनिक

‘लाइफ इन एलए’ को गीत सार्वजनिक

- Advertisement -spot_img

अमेरिका र नेपालमा छायांकन गरिएको नयाँ नेपाली फिल्म ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा समावेश पहिलो गीत ‘पागल प्रेमी..’ सार्वजनिक गरिएको हो ।

सूर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको यो फिल्मको उक्त गीतको भिडियोमा त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा डेव्यु अभिनेता ब्यास बिस्सु, अकेशा बिष्ट र शिल्पा मास्केलाई फिचर्ड गरिएको छ । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ ।

फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको यो फिल्ममा अमेरिकाका लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्मका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत छ ।

कोरोना महामारीको स्थिति सामान्य रहे निर्माण टिम आगामी दशैंको आसपास फिल्म प्रदर्शन गर्ने योजनामा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु