Information is intelligence
HomeAutoटिभिएस अपाचे आरआर ३१० सार्वजनिक, कति छ मूल्य ?

टिभिएस अपाचे आरआर ३१० सार्वजनिक, कति छ मूल्य ?

- Advertisement -spot_img


टिभिएस मोटर्सले नयाँ अपडेट भर्सनमा अपाचे आरआर ३१० सार्वजनिक गरेको छ। कम्पनीले सोमबार नयाँ अवतारमा आरआर ३१० सार्वजनिक गरेको हो। यसमा कम्पनीले थुप्रै नयाँ विशेषताहरू थपेको छ। बाइकको बाहिरी आवरणमा रेस रेप्लिका ग्राफिक्स पाउन सकिन्छ भने पर्फर्मेन्ससमेत अपटेड गरिएको छ। कम्पनीले नयाँ अपाचे आरआर ३१० विभिन्न रंगमा सार्वजनिक गरेको छ। साथै यसको बुकिङ पनि खुलाएको छ। बाइकको अगाडि र पछाडि दुवै भागमा एडजस्टेबल सस्पेन्सनमा पाउन सकिन्छ। यसको अलोय ह्विल पनि नयाँ प्रकारको छ। नयाँ अपाचे आरआर ३१० मा डिजिटल क्लस्टर युनिट पाउन सकिन्छ।

यसमा भएको डिजिटल डक्युमेन्ट स्टोर, डे ट्रिप मिटर, ओभरस्पिड इन्डिकेटरलगायतमा पनि अपडेट पाउन सकिन्छ।


यो बाइकको इन्जिनमा भने कम्पनीले परिवर्तन गरेको छैन। अपाचे आरआर ३१० मा सिंगल सिलिन्डर इन्जिन पाउन सकिन्छ जुन बिएमडब्ल्यु जि ३१० आरको इन्जिनमा आधारित छ। जसले ३४ एचपी पावर र २७.३ एनएमको टर्क जेनेरेट गर्छ।

यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन छ। यसभन्दा अघि नयाँ अपाचे आरआर ३१० मा बिएस ६ मा आधारित ३१२ सिसीको सिंगल सिलिन्डर हुने अनुमान लगाइएको थियो।

गत वर्षदेखि अपाचे ३१० मा चार राइडिङ मोड समावेश गरिएको छ -स्पोर्ट, अर्बन, ट्रयाक र रेन। त्यस्तै यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको टिएफटी स्क्रिन पाइन्छ।

भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीले नयाँ अपाचे आरआर ३१० गत अप्रिल मै सार्वजनिक गर्ने योजना बनाएको थियो। तर दोस्रो चरणको कोरोना महामारी कारण सार्वजनिक हुन सकेन।


सोमबार सार्वजनिक भएको नयाँ अपाचे आरआर ३१० को मूल्य भारु २ लाख ६० हजार तोकिएको छ। २०२१ अपाचे आरआर ३१० ले बजारमा भएको केटिएम आरसी ३९०, कवासिकी निन्जा ३०० र बेनेलीको ३०२ आरसँग प्रतिस्पर्धा गर्नेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु