Information is intelligence
HomeShare Bazarनबिल ब्यालेन्स फण्ड-३, भदौ २५ गतेदेखि बजारमा आउँदै, कसरी दिने आवेदन ?

नबिल ब्यालेन्स फण्ड-३, भदौ २५ गतेदेखि बजारमा आउँदै, कसरी दिने आवेदन ?

- Advertisement -spot_img

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले भदौ २५ गतेदेखि नयाँ सामूहिक लगानीकोष (Mutual fund) ‘नबिल ब्यालेन्स फण्ड ३’ योजनाका लागि इकाई विक्री खुला गर्ने भएको छ । नबिल इन्भेष्टमेण्टले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाई विक्री गर्न लागेको हो । 

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ । 

यस बन्दमुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम एक कराेड इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । भदाै २५ गते, शुक्रबारबाट निष्कासन गरिने याे फण्डमा लगानीकर्ताले छिटाेमा भदौ २९ गते र ढिलोमा असाेज ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो इकाई छिटो अवधि भदौ २९ गतेसम्म विक्रीमा रहनेछ । यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज ८ गतेसम्म सार्वजनिक निष्कासनमा रहनेछ ।

यो इकाई खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालय र मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ । 

नबिल इन्भेष्टमेण्टले १० वर्षे अवधिको बन्दमुखी योजना सञ्चालन गर्न लागेको हो । यो इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलेनै पुरा गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु