Information is intelligence
HomeUncategorizedमंगलबार नेप्सेमा ६९ अंकको पहिरो जाँदा यी हुन् सबैभन्दा बढी कमाउने र...

मंगलबार नेप्सेमा ६९ अंकको पहिरो जाँदा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

मंगलबार सेयर बजारमा ६९ अंकको पहिरो गएको छ। परिसूचक नेप्से २९७५ अंकमा कायम भएको छ। 

यस दिन कुल १३ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। 
यस दिन सबै समूहहरु झरेका छन्। बैंकिङ २३, ब्यापार १०६, होटल तथा पर्यटन ४६, विकास बैंक २०५, जलविद्युत १२४, फाइनान्स १०१, निर्जीवन बीमा ३७२, उत्पादन १९८, अन्य ६२, माइक्रोफाइनान्स १६४ र जीवन बीमा ४४७ अंकले घटेका छन्। 

यस दिन कर्णाली विकास बैंकको मूल्य सबैभन्दा धेरै साढे ७ प्रतिशतले बढेको छ।

मनकामना स्मार्ट लघुवित्तको मूल्य ६ प्रतिशतले बढेको छ। सपोर्ट माइक्रोफाइनान्सको करिब ६ प्रतिशतले मूल्य घटेको छ। 

रुरु जलविद्युत परियोजनाको मूल्य १० प्रतिशतले घटेको छ। सो मूल्य गिरावटपछि कम्पनीको मूल्य प्रतिकित्ता १३४६ रुपैयाँमा कायम भएको छ। माउन्टेन हाइड्रो नेपालको मूल्य ७.७ प्रतिशतले घटेको छ। हिमालय उर्जा विकासको मूल्य करिब ७ प्रतिशतले घटेको छ। 

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब रुपैयाँको सेयर किनबेच हुँदा ५ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु:

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु