Information is intelligence
HomeAutoटाटाको विद्युतीय गाडी टाइगोर सार्वजनिक

टाटाको विद्युतीय गाडी टाइगोर सार्वजनिक

- Advertisement -spot_img


टाटा मोटर्सको नयाँ विद्युतीय गाडी भारतमा सार्वजनिक भएको छ। कम्पनीले मंगलबार अपडेटसहितको नयाँ विद्युतीय टाइगोर सार्वजनिक गरेको हो।


विद्युतीय टाइगोर तीन ट्रिममा उपलब्ध छः एक्सई, एक्सएम र एक्स जेड प्लस। र, यी दुई रंग विकल्पमा उपलब्ध हुनेछ। कम्पनीले एक्सई ट्रिमको मूल्य भारु ११ लाख ९९ हजार, एक्सएमको मूल्य भारु १२ लाख ४९ हजार र एक्सजेड प्लसको मूल्य भारु १२ लाख ९९ हजार तोकेको छ। एक्सजेड प्लस डुअल टोन विकल्पमा पनि उपलब्ध छ। जसको मूल्य भने १३ लाख १४ हजार तोकिएको छ। टाटाको यो नयाँ विद्युतीय गाडीले ग्लोबल एनक्याप सुरक्षा टेस्टमा चार स्टार रेटिङ पाएको छ। कम्पनीले यसको बुकिङ केही साताअघि नै खुलाएको हो।

‘जिपट्रोन प्रविधिमा आधारित नयाँ विद्युतीय टाइगोर सार्वजनिक गर्न पाउँदा हर्षित छौं’, पेसेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष सैलेस चन्द्रले गाडी सार्वजनिक गर्दै भने, ‘यो गाडी सेडान किन्न इच्छुक ग्राहकको लागि उपयुक्त विकल्प हुन सक्छ।’ कम्पनीले नयाँ विद्युतीय टाइगोरको बाहिरी र आन्तरिक डिजाइनमा विशेष ध्यान दिएको छ। यसको अगाडि निकै सानदार प्रोजेक्टर हेडल्याम्प छ। गाडीको अगाडि भएको ग्रिल र फ्रन्ट बम्पर पनि अपडेट गरिएको छ। त्यस्तै यसको टायरहरूमा पनि अहिलेको टाइगोरको तुलनामा भिन्नता भने पक्कै पाइन्छ।

ग्लोबल एनक्याप क्र्यास टेस्टमा ४ स्टार रेटिङ पाएको यो गाडीमा सुरक्षाको लागि डुअल एयरब्याग, इबिडीसहितको एबिएस, कर्नर स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता विशेषताहरू छन्। टाटाको यो नयाँ विद्युतीय टाइगोरले विद्युतीय नेक्सनले जस्तै राम्रो बजार लिनेमा कम्पनी सकारात्मक छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु