Information is intelligence
HomeShare Bazarआईपीओमा आरक्षण दिन माग, यस्तो छ प्रस्ताव

आईपीओमा आरक्षण दिन माग, यस्तो छ प्रस्ताव

- Advertisement -spot_img

सेयर बजारमा पछिल्लो समय आइपिओ भर्ने रौनकता छाएको छ। तर यहि रौनकताले गर्दा कम्पनिले निष्कासन गरेको सेयर र लगानी कर्ताको अंक गणितमा निकै ठुलो अन्तर पर्ने गरेको छ। पछिल्लो समय कुनै पनि कम्पनीले आइपीओ नीष्काशन गर्दा २२ देखि २५ लाख सम्मको आवेदन पर्ने गरेको छ ।जसअनुसार कम्पनीहरुको आइपीओ पाउन भाग्यकै भरमा पर्नुपर्ने अवस्था रहेको छ ।

यसैबिच अपाङ्गता भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा १० प्रतिशत हिस्सा छुट्याउन माग गरिएकाे छ ।

मंगलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि आईपीओमा १० प्रतिशत हिस्सा छुट्याएर सुनिश्चितता गर्न माग गरेका हुन् ।

पछिल्लो समय सबै वर्ग/तहका ब्यक्तिहरुमा आइपीओप्रति क्रेज बढ्दै गएकोमा शेर्पाले सामूहिक लगानी काेष र कर्मचारीहरू छुट्याइने जसरी नै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि आइपीओको हिस्सा छुट्याइनुपर्ने माग गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु