Information is intelligence
HomeNewsअबको केही दिन पानी कम पर्ने

अबको केही दिन पानी कम पर्ने

- Advertisement -spot_img

काठमाण्डाै – अबको केही दिन पानी कम पर्ने मौसमविद्ले बताएका छन् । अघिल्लो हप्ता सक्रिय भएको मनसुनी गतिविधि अहिले केही कमजोर बनेको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतर्फ सरिसकेकाले तत्काल लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज दिउँसाे केही ठाउँमा सामान्य पानी पर्ने सम्भवना छ । तर, देशका धेरै ठाउँमा घाम लाग्ने छ । राति भने प्रदेश १ का केही ठाउँमा ठूलो पानी  पर्ने हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।  अबको तीन दिन लगातार झरी नपरे पनि त्यसपछि भने फेरि मनसुन सक्रिय हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु