Information is intelligence
HomeNewsमहानगर र सिसडाेलबासीबीच ९ बुँदे सम्झाैता भएसँगै काठमाडाैंकाे फाेहाेर आजदेखि उठ्ने

महानगर र सिसडाेलबासीबीच ९ बुँदे सम्झाैता भएसँगै काठमाडाैंकाे फाेहाेर आजदेखि उठ्ने

- Advertisement -spot_img

काठमाडाैंकाे फाेहाेर आजदेखि उठ्ने भएकाे छ । हिजाे काठमाडाैं महानगरपालिका र  ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल)​का स्थानीयबीच सम्झाैता भएसँगै झन्डै एक महिनादेखि थुप्रिएकाे फाेहाेर उठ्ने भएकाे हाे ।

सिसडाेलवासीले फाेहाेर विसर्जनमा अवराेध जनाएसँगै फाेहाेर उठ्न सकेकाे थिएन । महानगरपालिका र सिसडाेलबीच ९ बुँदे सहमति भएपछि अब उनीहरूले अवराेध नगर्ने भएका छन् ।

स्थानीय र महानगरपालिकाबीच तीनपिप्ले-सिसडोल सडक तत्काल (१५) दिनभित्र ग्राभेल गर्ने र कालोपत्रेका लागि लगत्तै टेण्डर प्रक्रियामा जाने, फोहोर ढुवानी गाडीहरूको लिचेड बक्सको व्यवस्था गर्ने तथा तीनपिप्ले–सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न नपाउने सम्झौता भएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु