Information is intelligence
HomeEntertainment & Artsकेबीसीमा दृष्टिविहीन हिमानीले जितिन् करोड

केबीसीमा दृष्टिविहीन हिमानीले जितिन् करोड

- Advertisement -spot_img

स्मरण क्षमता भएपछि अपांगता भन्ने शब्दको विशेषण जोडिरहनै पर्दैन । जोकोही बन्न सक्छ उत्कृष्ट । भारतको आगराकी हिमानी बुन्देलाले आफ्नो सफलतालाई चुमेकी छिन् ।

दृष्टिविहीन हिमानीले भारतको टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ मा एक करोड भारतीय रुपैयाँ जित्न सफल भएकी छिन् । २५ वर्षे हिमानीले बलिउडका महानायक अमिताभ बच्चनबाट उक्त करोडको पुरस्कार लिएकी हुन् ।

कार्यक्रम संचालक बच्चनले उनको तारिफमा फूलको बगैचा नै बनाएका थिए । उनी उक्त कार्यक्रमको सिजन १३ कि पहिलो करोडपति बन्न सफल भएकी छिन् ।

हिमानी १५ वर्षकी हुँदा दुर्घटनामा परेर आँखा देख्न नसक्ने भइन् । आर्थिक स्थिति सामान्य भएकैले परिवारले मुस्किलले चार वटा शल्यक्रिया त गरायो तर हिमानीको दृष्टि फर्केन ।

तर उनले हिम्मत हारिनन् । नयाँ शिराबाट जीवन अगाडि बढाइन् । सरकारी जागिर खान थालिन् । उनले केन्द्रीय विद्यालयमा शिक्षिकाको जागिर गरिन् ।

केबीसी (कौन बनेगा करोडपति) मा उनले सन् २००९ देखि प्रयास गरेकी थिइन् । सन् २०१९ मा रजिष्ट्रेशन भएको थियो । तर हट सिटमा बस्ने मौका मिलेन । लगातार तेस्रो पटक रजिष्ट्रेशन भयो र अन्ततः मौका पाइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु