Information is intelligence
HomePoliticsसामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

- Advertisement -spot_img

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । नवगठित नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका खनालले आज बिहान पदबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् । मन्त्री खनालले हिजो वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलको ठाउँमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल पनि मन्त्री बनेका थिए । औपचारिक रुपमा नेकपा एमाले टुक्रिएपछि खनालले माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु