Information is intelligence
HomeShare Bazarअन्तत: सानिमा लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

अन्तत: सानिमा लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

- Advertisement -spot_img

लामाे समयदेखी प्रतिक्षामा रहेका सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) परेकाहरुकाे प्रतिक्षा सकिएकाे छ । 

सानिमा लाइफ इन्स्योरेन्स (SLI) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६० लाख कित्ता आईपीओ सहित २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०३ रुपैयाँ १७ पैसा देखि ३०९ रुपैयाँ ५१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार खुल्नेछ ।

नेप्सेले कम्पनीको शेयरलाई एसएलआई कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

कम्पनीले साउन २० गते देखि २४ गतेसम्म सर्वसाधारणमा कुल ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु