Information is intelligence
HomeShare Bazarसेयर बजारमा झिनो अंकको वृद्धि हुँदा यी हुन् सबैभन्दा बढी कमाउने र...

सेयर बजारमा झिनो अंकको वृद्धि हुँदा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

केही दिनदेखि निरन्तर करेक्सन देखिएकाे बजारमा आज (बुधबार) झिनो अंकको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे पहिलाे काराेबार दिन आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेकाे छ । नेप्से ०.०४ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेकाे छ ।

कूल २२६ वटा कम्पनीकाे एक कराेड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ४ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

बुधबार पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५९ कराेड ९९ लाख ३६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ७.५५ प्रतिशतले बढेर एक हजार ४ सय ४८ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु:

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु