Information is intelligence
HomeNewsएमसीसी उपाध्यक्ष अर्को साता नेपाल आउँदै

एमसीसी उपाध्यक्ष अर्को साता नेपाल आउँदै

- Advertisement -spot_img

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड. सुमार अर्को हप्ता नेपाल आउने भएकी छन् ।

प्राप्त जानकारीका उनले अनुसार भ्रमणका क्रममा नेपालका सत्ता सेरोफेरोका शिर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ। भेट घाटमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ गठबन्धनका दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत केही सांसदहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

एमसीसीका विभिन्न तहमा रहेर काम गरेकी सुमार हालै उपाध्यक्ष पदमा नियुक्ति भएकी हुन् । उनी एमसीसी अनुदान सम्बन्धी नेपाल–अमेरिका अन्तिम छलफलका क्रममा सहभागी थिइन् ।

नेपालले एमसीसी सम्झौताअनुसार सन् २०१७ मा हस्ताक्षर गरेको थियो । सम्झौताअनुसार नेपालले विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि करिब ५०० सय मिलियन अमेरिकी डलर (करिब ६० अर्ब रुपैयाँ) पाउने छ ।

एमसीसीको उपाध्यक्षका रूपमा सुमारले एमसीसी अनुदानमार्फत गरिबी न्यूनीकरणका सबै कार्यक्रहरु हेर्छिन् । यस अन्तर्गत उनले पूर्वाधार, जलवायु परिर्वतन, निजी क्षेत्र लैङ्गिक तथा सामाजिक समावेशिता, समाुदायिक विकास, भूमि तथा कृषि लगायतका एमसीसीको प्राविधिक र क्षेत्रीय व्यवस्थापन हेर्छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु