Information is intelligence
HomePolitics२० प्रतिशतभन्दा कमले नयाँ दल दर्ता गर्न नमिल्ने भन्दै एमाले पुग्यो सर्वोच्च...

२० प्रतिशतभन्दा कमले नयाँ दल दर्ता गर्न नमिल्ने भन्दै एमाले पुग्यो सर्वोच्च (रिटसहित)

- Advertisement -spot_img

नेकपा एमाले हालै दर्ता भएको नयाँ राजनीतिक दल नेकपा समाजवादी दल दर्ता प्रकरण गैरकानुनी भएको भन्दै सर्वोच्च अदालत पुगेको छ । उसले आफ्नो पार्टीका १४ जना सदस्यलाई कारबाही गरिसकेको र १ जनाले प्रत्यक्ष उपस्थित भएर दल दर्ता निवेदन र सनाखत नगरेको भन्दै बाँकी ३९ जना २० प्रतिशतभन्दा कम हुन आउने भएकाले नयाँ दल दर्ता कायम नगर्न अनुरोध गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको छ ।

रिट निवेदनमा भनिएअनुसार नेकपा समाजवादीको नाम र झण्डासमेत नेकपा एमालेसँग मिल्ने भएकाले नाम र झण्डासमेत खारेज गरिपाउनुपर्ने माग गरिएको छ । साथै निर्वाचन आयोगले समेत गैरकानुनी काम गरेको हुनाले उत्प्रेषण, परमादेश र प्रतिशेध आदेश माग गरिएको छ ।

हेरौँ नेकपा एमालेले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु