Information is intelligence
HomeEducationअन्तत: कक्षा १२ को परीक्षा भदौ ३० बाट सुरु गर्ने निर्णय (तालिका...

अन्तत: कक्षा १२ को परीक्षा भदौ ३० बाट सुरु गर्ने निर्णय (तालिका सहित)

- Advertisement -spot_img

कोरोनाका कारण बारम्बार रोकिएको कक्षा १२ को परीक्षा अब हुने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले गत साउनमा स्थगित परीक्षा भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो।

नेपाल परीक्षा बोर्ड नोटिस जारी गर्दै भदौ ३० बाट परीक्षा गर्ने भएको छ ।

कोरोना संक्रमणबाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा बोर्ड जानकारी दिएको छ।

कक्षा १२ मा झण्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय भएको परीक्षा साउन ३१ गते शुरु गर्ने भनिए पनि कोरोना संक्रमण उच्च भएपछि रोकिएको थियो ।

बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मुल्याङ्कनका लागि परीक्षा लिएको थियो । तर यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु