Information is intelligence
HomeSportsक्रिस्टियानो रोनाल्डोको नयाँ कृतिमान

क्रिस्टियानो रोनाल्डोको नयाँ कृतिमान

- Advertisement -spot_img

काठमाण्डाै – क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । विश्वकप छनोटअन्तर्गत गएराति रिपब्लिक अफ आयरल्यान्डसँगको खेलमा २ गोल गर्दै रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले आफ्नो गोल सङ्ख्या १ सय ११ पुर्याएका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् । यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए ।

रोनाल्डोको २ गोलसँगै पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगललाई रोनाल्डोले खेलको अन्तिम समयमा गरेको दुई गोलले पुनरागमन जीत दिलाउन सफल भएको थियो ।

पहिलो हाफबाटै अग्रता लिएको आयरल्याण्डमाथि पोर्चुगल निकै बलियो देखिएपनि गोल गर्न भने सकेको थिए । खेलको अन्त्यतिर ८९औं मिनेटमा रोनाल्डोले गरेको गोलबाट बराबरीमा फर्किएको पोर्चुगललाई अतिरिक्त समयमा पुनः अर्को गोल गर्दै रोनाल्डले जीत दिलाएका थिए ।

युरोपेली च्याम्पियनसिप अन्तर्गत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय रोनाल्डोले अली दाईको १०९ अन्तर्राष्ट्रिय गोललाई बराबरी गरेका थिए । उनले युरोको समूह चरणमा हंगेरीविरुद्ध २ र जर्मनीविरुद्ध १ गोल गरेका थिए । अली दाईले १९९३ देखि २००६ को अवधिमा १४९ खेलमा १०९ गोल गर्दै यो कीर्तिमान राखेका थिए ।

खेलअघि रोनाल्डोलाई युरोपेली च्याम्पियनसिप २०२० को सर्वाधिक गोलकर्ताको ट्रफी पनि प्रदान गरिएको थियो । रोनाल्डोले युरोका दौरान पोर्चुगलका लागि ५ गोल गरेका थिए । प्याट्रिक सिकसँग समान गोल गरेपनि असिस्ट र कम समय खेलेको आधारमा उनले ट्रफी जितेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु