Information is intelligence
HomeShare Bazar'एनएमबि सरल बचत फन्ड - ई' आजदेखि खुल्याे, कसरी दिने आवेदन ?

‘एनएमबि सरल बचत फन्ड – ई’ आजदेखि खुल्याे, कसरी दिने आवेदन ?

- Advertisement -spot_img

एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले आज (भदौ १७ गते) देखि एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने ‘एनएमबि सरल बचत फन्ड–ई’ निष्काशन तथा बिक्री खुला गरेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ कराेड इकाई प्रथम चरणमा बिक्रीमा ल्याएको हो। जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म छ म्याद ?

लगानीकर्ताले छिटाेमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कसरी दिने आवेदन ?

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्बा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु