Information is intelligence
HomeNewsउपत्यकाका सिनेमा हलसहित मनोरञ्जन क्षेत्रका व्यवसाय आजबाट सञ्चालनमा

उपत्यकाका सिनेमा हलसहित मनोरञ्जन क्षेत्रका व्यवसाय आजबाट सञ्चालनमा

- Advertisement -spot_img

कोभिड महामारीको कारण बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलसहित मनोरञ्जन क्षेत्रका व्यवसाय आजबाट सञ्चालनमा आउँदैछन्।

चलचित्र हल, सार्वजनिक उद्यान, चिडियाखाना, स्विमिङ पुल, रात्रिकालीन मनोरञ्जन व्यवसाय डिस्को–डान्स, दोहोरी रेष्टुराँ, क्लब तथा पप बार पनि खुला गरिएका छन्। 

२०७७ साल चैतबाट बन्द यी व्यवसाय झण्डै ६ महिनापछि संचालनमा ल्याउन लागिएको हो। प्रशासनले हल लगायत मनोरञ्जन क्षेत्रका व्यवसाय संचालनमा ल्याउन अनुमति दिएपनि तयारी गर्नुपर्ने भएकाले तत्काल खोलिहाल्ने संभावना भने नरहेको व्यवसाय संचालकहरुले जनाएका छन्। 

चलचित्र भवन, सार्वजनिक उद्यान, चिडियाखाना, स्विमिङ पुल, रात्रिकालीन मनोरञ्जन व्यवसाय डिस्को–डान्स, दोहोरी रेष्टुराँ, क्लब तथा पप बार संचालनमा ल्याउन अनुमति दिएपनि अनावश्यक भीडभाड, सभा जुलुस, जात्रा महोत्सव, भोज र चाडपर्व मनाउन भने निषेध गरिएको छ। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु