Information is intelligence
HomeInternationalकश्मीरी पृथकतावादी नेता गिलानीको निधन

कश्मीरी पृथकतावादी नेता गिलानीको निधन

- Advertisement -spot_img

भारतको अल पार्टी हुर्रित कन्फ्रेन्सका अध्यक्ष सैयद अली शाह गिलानीको निधन भएको छ । कश्मीरी पृथकतावादी नेता गिलानीको बुधबार अबेर राति ९१ वर्षको उमेरमा निधन भएको हो । 

गिलानीको हैदरपुरास्थित आफ्नै घरमा स्थानीय समय अनुसार बुधबार राति १०ः३५ बजे निधन भएको हो । उनका दुई छोरा र चार छोरी छन् । उनी कश्मीरको सोपोर विधानसभामा तीनपटक विधायकको भूमिकामा निर्वाचित भएका थिए ।

भारत सरकारले उनीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काएको आरोप लगाउँदै देशद्रोहको मुद्दा चलाएको थियो । पछिल्लो समय उनी घरमै नजरबन्दमा थिए । उनको पासपोर्ट पनि रद्द गरिएको थियो । एनआईए र ईडीको आतंकवादी कोष मामलामा जाँच भएकामा उनका ज्वाइँसमेत कयौं उनका नातेदारमाथि सोधपुछ भएको थियो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु