Information is intelligence
HomeNewsट्राफिक नियम उल्लंघन गर्नेले अब मोबाइलबाटै जरिवाना तिर्न पाउने

ट्राफिक नियम उल्लंघन गर्नेले अब मोबाइलबाटै जरिवाना तिर्न पाउने

- Advertisement -spot_img

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले अब जरिवाना रकम क्यूआर कोडबाटै भुक्तानी गर्नसक्ने भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् भुक्तानी गर्ने सेवाको आज दिउँसो १ बजे शुभारम्भ गर्ने जनाएको छ। महाशाखाका अनुसार जरिवानामा पर्ने चालकलाई अब ट्राफिक प्रहरीले क्युआर कोड भएको रसिद दिनेछ।

रसिद लिएर जरिवाना रकम जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यता हट्नेछ। मोबाइलबाटै क्यूआर कोड स्क्यान गरी राजश्व तिर्न सक्ने महाशाखाले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु