Information is intelligence
HomePoliticsकांग्रेस सभापतिको सशक्त उम्मेदवार हुँ : गोपालमान श्रेष्ठ

कांग्रेस सभापतिको सशक्त उम्मेदवार हुँ : गोपालमान श्रेष्ठ

- Advertisement -spot_img

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आफू सभापतिको सशक्त उम्मेदवार रहेको बताएका छन्। कांग्रेसको १४ औं महाधिवेशनको तयारी सुरु भएसँगै गृह जिल्ला स्याङ्जा आएका प्रमुख श्रेष्ठले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने पनि दोहोर्याए।

उनले भने, ‘पार्टीभित्रका गुटउपगुटको अन्त्य गर्दै अनुशासित र सबै वर्ग, समुदायको स्वीकार्य सभापति बन्नेछु। सभापति देउवाजीले काँध फेर्न जरुरी छ। सो को जिम्मेवारी मलाई दिनुपर्छ।’

यसअघि, ११ औं महाधिवेशनमा कार्यवहाक सभापति भएर जेलमा रहेका देउवाजीलाई सर्वसहमतिमा सभापतिमा चयन गराउन खेलेको भूमिका उनले स्मरण गरे। ‘कांग्रेसको एक इमान्दार कार्यकर्ता र विगत ६ दशकदेखि संगठनमा गरेको योगदानको मुल्याङ्कन हुनेमा म विश्वस्त छु,’ श्रेष्ठको भनाइ छ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले गुटैगुटका कारण कांग्रेस कमजोर बन्दै गएकोमा दुखेसो व्यक्त गरे। कांग्रेसलाई सबैको पार्टी बनाउन हिमाल, पहाड र मधेशमा बस्ने आदिबासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकलाई साथमा लिएर अगाडी बढनुपर्नेमा उनको जोड छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु