Information is intelligence
HomeInternational‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

- Advertisement -spot_img

बिग बोस सिजन १३’ का विजेता तथा अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। उनको ४० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो।

एएनआईलाई दिएको जानकारी अनुसार मुम्बई प्रहरीले सिद्धार्थको मृत्युको खबरको पुष्टि गरेको छ।

बुधवार राति सुत्नुअघि उनले केही ‌औषधि सेवन गरेका थिए। त्यसपछि उनलाई हृदयघात भएको र मुम्बईको कपूर अस्पताल पुगेपछि उनलाई चिकित्सकले मृत घोषित गरेको छ।

सन् १९८० मा मुम्बईमा जन्मिएका उनले मोडलिङबाट आफ्नो करियरको यात्रा सुरु गरेका थिए। पछि उनले विभिन्न टेलिसिरियल समेत काम गरेका थिए। टेलिसिरियल ‘ब्रोकन बट ब्युटीफुल ३’, ‘बालिका बधु’ र ‘दिल से दिल तक’ बाट उनले चर्चा पाउन सफल भएका थिए। उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु