Information is intelligence
HomeEntertainment & Artsकमेडी च्याम्पियनबाट को बाहिरिए? (फाइनलको मिति तय)

कमेडी च्याम्पियनबाट को बाहिरिए? (फाइनलको मिति तय)

- Advertisement -spot_img

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को अन्तिम ३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढ्दा अन्तिम ४ मा पुगेका हिक्मत महराले भने फाइनलमा स्थान बनाउन सकेनन् । यो शोका निर्देशक विशाल भण्डारीले हिक्मत बाहिरिएको पुष्टी गरे ।

भरतमणी पौडेलले भने निर्णायकहरुको छनोटका आधारमा फाइनलमा स्थान बनाइसकेका थिए । यो रियालिटी शोको फाइनल असोज २ गते हुने निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनले भने–‘असोज २ गते फाइनल कार्यक्रम आयोजना हुनेछ । तिनै जना फाइनलिष्ट आजै गृह जिल्ला भ्रमणका लागि पुगेका छन् । अब, उनीहरुलाई दर्शकले फाइनलमा मात्र हेर्न पाउनेछन् ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु