Information is intelligence
HomeShare Bazarआज पनि नेप्सेमा पहिरो जाँदा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने...

आज पनि नेप्सेमा पहिरो जाँदा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

बिहीबार सेयर बजारमा ५० अंकको पहिरो गएको छ। ५० अंकले घटेर बजारको परिसूचक नेप्से २९२६ अंकमा कायम भएको छ। 

यस दिन ९ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ १६, विकास बैंक १८६, फाइनान्स ११३, होटल तथा पर्यटन ११, जलविद्युत ११६, लगानी ३, जीवन बीमा ३५९, उत्पादन १३१, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा २३५, अन्य ३६ र ब्यापार समूह ३८ अंकले घटेका छन्। 

बिहीबार सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। यी दुबै कम्पनी हालै सूचीकृत कम्पनी हुन्। आजको कारोबारपछि मनकामनाको मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ र सानिमा लाइफको ३३९ रुपैयाँ ९० पैसा पुगेको छ। 

चन्द्रागिरि हिल्स र खानीखोला हाइड्रोको मूल्य ५ प्रतिशतले बढ्यो। 

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो। कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेलीको मूल्य ६ प्रतिशत बढीले घट्यो। 

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ५७ करोड रुपैयाँको सेयर किनबेच भयो भने अपि पावरको ३२ करोड ९९ लाख रुपैयाँको कारोबार भयो। 

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु:

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु