Information is intelligence
HomePoliticsविसापाको केन्द्रीय समिति बैठक : केन्द्रीय समिति सदस्यलाई नै कडा कारवाहीको चेतावनी...

विसापाको केन्द्रीय समिति बैठक : केन्द्रीय समिति सदस्यलाई नै कडा कारवाहीको चेतावनी (विज्ञप्ति)

- Advertisement -spot_img

१७ भदौ २०७८, काठमाडौँ | विवेकशील साझा पार्टी(विसापा)को केन्द्रीय समितिको बैठक अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा आज मिति २०७८ भदौ १७ गते बिहीबार बस्यो। उक्त भर्चुअल बैठकमा १३० जना कूल केन्द्रीय सदस्यमध्ये १ सय ३ जनाको सहभागिता थियो।


बैठकले निम्न निर्णयहरू गरेको छ।

१) अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ। त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ।
त्यस्तै, सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराउँदै, आइन्दा त्यसो गरेको खण्डमा पार्टीले कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

२) पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको छ।

३) बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णय पनि गरेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु