Information is intelligence
HomeSportsअग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

- Advertisement -spot_img

भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ ।

नेपालले दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा १-० को अग्रता लिएको थियो । गोलकिपर र भारतीय खेलाडीबिच तालमेलको अभाव हुँदा नेपालका अन्जन विष्टले त्यसको फाइदा उठाउँदै पहिलो गोल गरेका थिए । तर दोस्रो हाफमा भारतले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो ।

नेपालले खेलको ३६ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । भारतले खेलको ६० औँ मिनेटमा गोल फर्काएर खेल बराबरी गरेको थियो । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

दुई मैत्रीपुर्ण खेल खेल्न नेपाल आएको भारतले अब शनिबार अर्को खेल खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु