Information is intelligence
HomeSportsस्पने स्वीडेनसँग पराजित

स्पने स्वीडेनसँग पराजित

- Advertisement -spot_img

एजेन्सी । फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा स्पने स्वीडेनसँग पराजित भएको छ । गएराति भएको खेलमा अग्रता जोगाउन नसक्दा स्पेन स्वीडेनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

स्वडेनलाई जित दिलाउन एलेक्सान्डर इसाक र भिक्टर क्लाइसनले गोल गरे । स्पेनका लागि कार्लोस सोलेरको गोल सान्त्वना बन्यो ।

खेलका पाँचौ मिनेटमा कार्लोस सोलेरले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए ।

तर, स्पेनको अग्रता धेरैबेर टिक्न सकेन । त्यसको एक मिनेटपछि नै एलेक्सान्डर इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५७औं मिनेटमा भिक्टर क्लाइसनले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । उनले डिजान कुलुसेभ्स्कीको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल स्वीडेनले जित्यो ।

जितसँगै स्वीडेन समूह ‘बी’ मा अपराजित रहँदै शीर्षस्थानमा उक्लिएको छ । स्वीडेनको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित स्पेनको ४ खेलबाट ७ अंक छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु