Information is intelligence
HomeCulture & Religionमनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने

मनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने

- Advertisement -spot_img

मनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।  मनकामना दर्शन प्रालिले भदौ २० अर्थात आइतबारदेखि मनकामना केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो । 

‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आउँदो आइतबार भाद्र २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने जानकारी गराउदछौँ’, मनकामना दर्शन प्रालिले भनेको छ । 
कम्पनीले सम्पूर्ण यात्रुहरूलाई स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ । 

मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ । 

यस्तै मनकामना मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसार हुने पनि जानकारी गराएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु