Information is intelligence
HomeShare Bazarसानिमा जस्तै पाँच बीमा कम्पनीले आइपिओ जारी गर्दै, कति कित्ता ल्याउँने तयारी...

सानिमा जस्तै पाँच बीमा कम्पनीले आइपिओ जारी गर्दै, कति कित्ता ल्याउँने तयारी ?

- Advertisement -spot_img

पाँचवटा बीमा कम्पनीहरू आइपिओ निष्कासन गर्ने लाइनमा रहेका छन् । ती पाँच कम्पनीहरूमा रिलाएबल लाइफ इन्स्योरेन्स, आइएमइ लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

रिलाएबल लाइफ इन्स्योरेन्स प्रिमियम मुल्यमा आइपिओ निष्कासन गर्ने घोषणा भैसकेको छ भने आइएमइ लाइफ इन्स्योरेन्स पनि धितोपत्र बोर्डबाट अनुमति कुरेर बसेको छ । अन्य कम्पनीहरू भने धितोपत्र बोर्डसम्म पुगेका छैनन् ।

यीमध्ये रिलाएबल लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता, आइएमइ लाइफ इन्स्योरन्सले ६० लाख कित्ता, महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता, सिटिजन लाइफ इन्स्योरेन्सले ७५ लाख कित्ता र सन नेपाल लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ जारी गर्ने भएका हुन् ।

रिलाएबल लाइफ इन्स्योरेन्स र आइएमइ लाइफ इन्स्योरेन्स धितोपत्र बोर्ड गैसकेको छन्। त्यसतै अन्य ३ कम्पनीहरूले साधारणसभाबाट आइपिओ जारी गर्ने निर्णय गरिसके पनि धितोपत्र बोर्डमा भने निवेदन दिएका छैनन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु