Information is intelligence
HomeBrandम्याद गुज्रिएको कच्चापदार्थ भेटिएपछि युनिलिभर चिया उद्योगमा सिलबन्दी

म्याद गुज्रिएको कच्चापदार्थ भेटिएपछि युनिलिभर चिया उद्योगमा सिलबन्दी

- Advertisement -spot_img

हेटौंडास्थित युनिलिभर नेपाल लिमिटेडमा नापतौल तथा गुण नियन्त्रण कार्यालयको टोलीले सिलबन्दी गरेको छ। म्याद गुज्रिएको कच्चापदार्थ फेला परेपछि कार्यालयको टोलीले कम्पनिको गोदाममा सिल गरेको हो।

प्रशासनसहितको अनुगमन टोलीले चिया उत्पादन गर्दै आएको युनिलिभरको उद्योगमा रहेको चियापत्तीको म्याद गुज्रिएको फेला पारेको थियो।

प्रशासनका अनुसार गोदाममा रहेका ९२० बोरामा कच्चापदार्थ म्याद गुज्रिएको भेटिएको छ। ३२ टन बढी कच्चापदार्थको म्याद गुज्रिएको फेला पारेपछि उद्योगको गोदाम सिल गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।

म्याद गुज्रिएको भेटिएको कच्चापदार्थ परीक्षण गर्द नापतौल तथा गुण नियन्त्रण विभागमा पठाइएको छ।

‘म्याद गुज्रिएको कच्चापदार्थ फेला परेपछि गुण नियन्त्रण कार्यालयको टोलीले हाम्रो प्रतिनिधिसमेत बोलाएर रोहबरमा मुचुल्का उठाएको छ,’ पाण्डेले भने, ‘विभागबाट रिपोर्ट आएपछि मुद्दा अभियोजन हुन्छ।’

उक्त उद्योगको कसुर स्थापित भएको खण्डमा खाद्य ऐन आकर्षित गरेर कारबाही गर्न सकिने उनले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु