Information is intelligence
HomeNewsनौबिसे-मुग्लिन सडकखण्डमा पहिरो, सडक अवरुद्ध

नौबिसे-मुग्लिन सडकखण्डमा पहिरो, सडक अवरुद्ध

- Advertisement -spot_img

१८ भदौ, गोरखा । पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डको नाग्दीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडकमाथिबाट ढुंगासहित खसेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अहिले पहिरो हटाउने काम भइरहेको प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए । ‘डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ,’ उनले भने ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु