Information is intelligence
HomeSportsभारतसँगको दोस्रो मैत्रीपूर्ण खेल आज

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल आज

- Advertisement -spot_img

काठमाडौं : नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार (आज) हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल साँझ ५:३० बजे सुरु हुनेछ। बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। 

घरेलु टोली नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा भारतसँग बराबरीमा रोकिएको हो। घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले खेलको ३६औं मिनेटमा गोल गरेको थियो। अञ्जन विष्टले भारतीय गोलरक्षक गुरप्रीतसिंह सन्धुलाई बिट गर्दै गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको ६१औं मिनेटमा गोल खाएको थियो। अनिरुद्र थापाले गोल गर्दै भारतलाई हारबाट जोगाएका थिए।

आइतबार पनि नेपालले आक्रामक खेल खेल्ने भएको छ। युवा खेलाडीको बाहुल्यता रहेको नेपालले बिहीबारजस्तै आक्रामक खेल खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु