Information is intelligence
HomeScience & Technologyफाइभजी परीक्षणका लागि एनसेलले माग्यो अनुमति

फाइभजी परीक्षणका लागि एनसेलले माग्यो अनुमति

- Advertisement -spot_img

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेलले फाइभजी परीक्षणका लागि अनुमति माग गरेको छ । कम्पनीले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग आफूले पनि फाइभजी परीक्षणका लागि अनुमति पाउनु पर्ने भन्दै पत्र पठाएको हो । यसअघि सरकारले नेपालमा फाइभजी सेवा परीक्षण गर्ने निर्णय गर्दै नेपाल टेलिकमलाई पहिलो चरणमा अनुमति प्रदान गरेको थियो । तर, त्यसबेला एनसेलको विषयमा कुनै निर्णय भएको थिएन ।

सरकारी दूरसञ्चार सेवा प्रदायक टेलिकमलाई मात्रै फाइभजी परीक्षणका लागि अनुमति दिन सरकारको निर्णय विभेदकारी भएको भन्दै लामो समयदेखि प्रश्न उठ्दै आएको थियो । यसैबीच एनसेलले प्राधिकरणलाई आफूले पनि फाइभजी परीक्षणको लागि अनुमति पाउनु पर्नेभन्दै निवेदन पठाएको छ । एनसेलले पठाएको उक्त निवेदनका आधारमा प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण तथा बाँडफाँड समितिमा पत्र पठाएको प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताएका छन् ।

रेडियो फ्रिक्वेन्सी नीति निर्धारण तथा बाँडफाँड समिति सञ्चार तथा सूचना प्रविधि मन्त्रीको अध्यक्षता रहेको छ । जसमा गृह, रक्षा, पर्यटन तथा नागरिक उड्डयन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष सदस्यको रुपमा रहन्छन् । तर, हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मन्त्री बिहीन हुँदा उक्त विषयमा कुनै निर्णय भने हुने सकेको छैन ।

उक्त समितिले स्वीकृत गरेसँगै एनसेलले फाइभजी परीक्षणका लागि अनुमति प्राप्त गर्नेछ । त्यसका लागि एनसेलले नियामक निकायमा फाइभजीको कार्ययोजना भने प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसपश्चात प्राधिकरणले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधिका आधारमा एनसेललाई फाइभजी परीक्षणका लागि अनुमति प्रदान गर्नेछ । यसअघि प्राधिकरणले प्रयोगकर्ताले परीक्षणभर निःशुल्क फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु