Information is intelligence
HomeNewsचाडपर्वलाई लक्षित गर्दै आपूर्ति विभागले बजार अनुगमनलाई प्रभावकारी बनाउने

चाडपर्वलाई लक्षित गर्दै आपूर्ति विभागले बजार अनुगमनलाई प्रभावकारी बनाउने

- Advertisement -spot_img

काठमाण्डाै – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडबाडलाई लक्षित गरी बजार अनुगमन गर्ने भएको छ ।

देशभरका आफू मातहतका निकायलाई सक्रिय बनाएर र जनशक्ति थप गरेर अनुगमनलाई प्रभावकारी बनाइने विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिए । अबको एक/दुई दिनमा प्रभावकारी अनुगमन सुरु गर्ने उनको दाबी छ । सेढाईँका अनुसार अबको अनुगमन चाडपर्वमा खरिद बिक्री हुने वस्तुमा केन्द्रित हुनेछ । चाडपर्वलाई लक्षित गरी अनुगमनका लागि काठमाण्डौ उपत्यकामा थप २५ जना जनशक्ति सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरिएको उनले जानकारी दिए । विभाग मातहत रहेका देशभरका पाँच वटा कार्यालय र हरेक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा देशभर नै अनुगमन हुने उनले बताए । तीज र दशैँ नजिकिएकाले अबको अनुगमन, गरगहना, कपडा, मासु र दैनिक उपभोग्य वस्तुमा केन्द्रित हुने उनको भनाइ छ ।

चाडपर्वको समयमा उपभोक्ता र व्यापारीको बढी भेटघाट हुने भएकाले यो समयमा उपभोक्ताले गुनासो धेरै गर्ने भएकाले अनुगमनलाई बढाइने गरेको उनले बताए । अरु समयमा पनि विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आएको उनले दाबी गरे । चाडपर्वको समयमा पालिकाहरुले पनि अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । अहिले पनि बजार भाउ महँगाे भएको, कालोबजारी भइरहेको गुनासो उपभोक्ताले गर्दै आएका छन् । चाडपर्वमा झन् बढी यस्ता घटना हुन सक्ने भन्दै उपभोक्ताले तत्काल बजार अनुगमन प्रभावकारी बनाउन माग गर्दै आएका छन् । कसैलाई आफू ठगिएँ भन्ने लागेमा स्थानीय प्रहरी, स्थानीय सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र मातहतका कार्यालय तथा विभागको टोल फ्रि नम्बर ११३७ मा पनि फोन गरेर गुनासो राख्न सकिने छ ।

यस्ता उजुरी आएमा कालोबजारी ऐन अनुसार कारबाही हुने उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु