Information is intelligence
HomeShare Bazarरातै शेयर बजार: १०८.२६ अंकको पहिरो जाँदा यी हुन सर्बाधिक कमाउने...

रातै शेयर बजार: १०८.२६ अंकको पहिरो जाँदा यी हुन सर्बाधिक कमाउने र गुमाउने कम्पनीहरु

- Advertisement -spot_img

साताको पहिलो कारोबारको दिन नेप्सेमा आज आइतबार उच्च अंकको गिरावट आएको छ । २ घण्टा बित्न ५ सेकेन्ड बाँकी नेप्से ५।०३ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । आजको कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भयो । उक्त समयपश्चात नेप्सेमा पुनः कारोबार शुरु भएको थियो । अन्ततः आज नेप्से १०८.२६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलब ७३ विन्दुमा बन्द भएको छ ।     

नेपाल राष्ट्र बैंकले शेयर प्रकृतिको कर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यबस्था गरेपछि बजारमा एक महिनादेखि बजार उत्तारचढावका बीचमा कारोबार भइरहेको छ । शेयर धितो कर्जाकै कारण शेयर बजारमा उच्च अंकको गिरावट आएको लगानीकर्ता बताउँछन् ।  

नेप्सेका अनुसार आज ११ अर्ब २४ करोड ३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबार भएका धेरैजसो कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७० करोड भन्दा बढीको कारोबार भएको छ ।

आज कमाउने टप १० कम्पनिहरु

आज गुमाउने टप १० कम्पनिहरु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु