Information is intelligence
HomeSportsनेपाल भारतसँग पराजित, तेज तामाङको उत्कृष्ट गोल

नेपाल भारतसँग पराजित, तेज तामाङको उत्कृष्ट गोल

- Advertisement -spot_img

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हराएको छ ।

दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्णमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री र फारुख हाजी चौधरी नायक रहे । नेपालका तेज तामाङले एक गोल फर्काए । झण्डै २० यार्ड टाढाबाट तेजको शक्तिशाली प्रहारले जाली चुमेको थियो ।

बिहिबार पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु