Information is intelligence
HomeShare Bazar'एनएमबि सरल बचत फन्ड - ई' मा लगानी गर्ने आज अन्तिम दिन

‘एनएमबि सरल बचत फन्ड – ई’ मा लगानी गर्ने आज अन्तिम दिन

- Advertisement -spot_img

एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुला गरेको ‘एनएमबि सरल बचत फन्ड–ई’ मा आवेदन दिने आज (भदाै २१ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

एनएमबि क्यापिटलका अनुसार यस फण्डमा आइतबार साँझसम्ममा ८० हजार ९६ आवेदनबाट ४ करोड ६१ लाख ५४ हजार ४५० इकाइको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको २ करोड ५० लाख इकाईको १.८६ गुणा भन्दा बढी हुन आउछ ।

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईकाे ४० प्रतिशत अर्थात ४ कराेड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ ।

यो एक खुलामुखी योजना हो। यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु