Information is intelligence
HomeEconomyचार वर्षमा साढे ११ खर्ब विदेशी लगानी भित्र्याउने यस्तो छ सरकारी योजना

चार वर्षमा साढे ११ खर्ब विदेशी लगानी भित्र्याउने यस्तो छ सरकारी योजना

- Advertisement -spot_img

मुलुकमा ठूला पुर्वाधार परियोजना निर्माण गर्न विदेशी लगानी आकर्षित गर्ने भन्दै स्थापना भएको लगानी बोर्ड नेपालले स्थापनाको १० वर्षपछि पनि खासै लगानी भित्र्याउन सकेको छैन । बोर्डले हालैमात्र पुनः ४ वर्षे रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।

संस्थाले १० बर्ष पुरा गरेको अवसरमा जारी नयाँ रणनीतिक कार्ययोजनामा सन् २०२२ देखि २०२६ सम्ममा १० अर्ब अमेरिकी डलर (करीब साढे ११ खर्ब रुपैयाँ) विदेशी लगानी भित्र्याउने उल्लेख छ । बोर्डले उक्त विदेशी लगानीले नेपालभित्र करीब १ लाखको संख्यामा नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

रणनीतिक योजनाको मार्गदर्शनमा सार्वजनिक निजी साझेदारी कार्यक्रमहरुमार्फत् ६ अर्ब अमेरिकी डलर लगानी भित्र्याउने योजना छ । बोर्डका अनुसार यस अवधिसम्म बोर्डलाई पीपीपी मोडलका परियोजनाहरुको व्यवस्थापन केन्द्रका रुपमा अघि सारिने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु