Information is intelligence
HomeSportsयस कारण रोकिएको थियो ब्रजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेल

यस कारण रोकिएको थियो ब्रजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेल

- Advertisement -spot_img

काठमाडौं । ब्रजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट फुटबलको खेल स्थगित भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत सोमबार बिहान ब्रजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भइरहेकामा अचानक खेल स्थगित भएको हो । 

खेल शुरु भएको पाँच मिनेटपछि नै खेल स्थगित गरिएको हो । ब्रजिलका स्वास्थ्य अधिकारीले नाटकीय रुपमा अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिन नियम तोडेको आरोप लगाउँदै आपत्ति जनाएपछि खेल स्थगित गरिएको हो ।

खेल शुरु भएको पाँच मिनेटपछि स्वास्थ्य प्रतिनिधिहरु मैदानमै कोरोनाको स्वास्थ्य मापदण्ड तोडेको भन्दै खेलाडी समाउन पुगेका थिए । उक्त घटनापछि रेफ्रीले खेल रोकेको थियो ।

नियम तोड्ने खेलाडीहरु इङ्गलिश प्रिमियर लिगमा सहभागीता जनाएर इङ्गल्याण्डबाट सीधै ब्रजिल पुगेका थिए । ती खेलाडीहरुको नाम भने बताइएको छैन । 

खेलाडीको नाम गोप्य राखिए पनि अर्जेन्टिनाको टिममा रहेका एमिलियानो मार्टिनेज र एमिलियानो बुएन्डिया एस्टन भिल्लाबाट खेल्छन् । त्यस्तै क्रिस्टियन रोमेरो र जिओभानी लो सेल्सो टोटनह्याम हट्सपरबाट खेल्दै आएका छन् । 

ब्रजिलले इङ्गल्याण्डबाट आउनेलाई १४ दिनको क्वारेन्टिन अनिवार्य गरेको छ । 

स्थगित खेलको नयाँ मिति तोकिएको छैन । फिफाले रोकिएको खेल पछि गरिने जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु